लकडाउनले घट्यो तापमान
पूर्वी तराईमा जेठ महिनामा सधैँझैँ गर्मी छैन बरु पानी परेपछि यहाँका बासिन्दाले चिसोको अनुभव गरेका छन् । बन्दाबन्दीले सवारी साधनको चाप नहुँदा र दैनिकजसो भइरहेको वर्षाका कारण पनि तापमान नबढेको जानकारहरूको भनाइ छ ।
२७ जेठ, २०७७
Share
क्वारेन्टाइनका लागि ४३ वटा होटलको सूची सार्वजनिक
सरकारले विदेशबाट नेपाल आएका नेपालीले आफ्नै खर्चमा बस्नका लागि पहिलो चरणमा उपत्यकामा ४३ वटा होटलको सूची सार्वजनिक गरेको छ । होटल संघ नेपालले सरकारलाई बुझाएको होटलको विवरणअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयले चारतारेदेखि पर्यटकीयस्तरका होटलको सूची सार्वजनिक गरेको हो ।
२६ जेठ, २०७७
Share
रानीपोखरीको पुननिर्माण अन्तिम चरणमा
भूकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको रानीपोखरीको निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दी हुँदाहुँदै पनि तीव्र गतिमा काम भइरहेको रानीपोखरी निर्माणको काममध्ये पोखरी निर्माणको काम ९७ प्रतिशत सम्पन्न भएको छ । यो साताभित्र पोखरी निर्माणको काम सम्पन्न हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
२६ जेठ, २०७७
Share
बाँझो जमिन सदुपयोग गर्न सरकारको निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।
२५ जेठ, २०७७
Share
उपत्यकाका कोराना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी
उपत्यकामा ५ जनालाई कोरोना (कोभिड-१९) सङ्क्रमण देखिएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ ।
२५ जेठ, २०७७
Share
विद्यार्थीलाई घरघरमै पाठ्यपुस्तक वितरण गरिने
कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण बन्दाबन्दीमा परेका लाखौँ विद्यार्थीलाई घरमै नयाँ पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ ।
२५ जेठ, २०७७
Share
लमजुङमा पनि फल्यो स्याउ
लमजुङमा पनि स्याउ फल्न थालेको छ । यसअघि हिमाली जिल्लामा स्याउ फल्दै आएकामा पछिल्लो समय पहाडमा पनि स्याउ फल्न थालेको हो ।
२४ जेठ, २०७७
Share
हवाई उडानमा नयाँ मापदण्डः ज्वरो र खोकी लागेकालाई उड्न निषेध
सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ । उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट (निर्मलीकरण) गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि जारी गरेको नयाँ मापदण्डमा यस्तो व्यवस्थालाई अनिवार्य गरिएको छ ।
२४ जेठ, २०७७
Share
कोरोना संक्रमित बढेपछि शल्यक्रिया गर्नुपर्ने बिरामी मारमा
देशव्यापीरूपमा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि शल्यक्रिया गर्नुपर्ने बिरामी सबैभन्दा धेरै मारमा परेका छन् ।
२४ जेठ, २०७७
Share
अर्को निर्णय नभएसम्म बजार नखुल्ने
अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ ।
२३ जेठ, २०७७
Share
सीमा समस्यामा त्रिविले थाल्यो अनुसन्धान
त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ ।
२३ जेठ, २०७७
Share
अनुमतिबिना सेवा सञ्चालन गर्दा कारवाहीमा एनसेल
नियामकको अनुमतिबेगर सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार सेवा प्रदायक एनसेल कारवाहीमा परेको छ ।
२२ जेठ, २०७७
Share
सलह नेपाल आउने सम्भावना न्यून
आम मानिसबीच कोरोना भाइरसबाहेक अर्को एउटा जैविक जीव सलहको अहिले चर्चा निकै छ । अफ्रिकाको केन्या, इथियोपिया, सोमालिया, सुडान, पाकिस्तान पसेको सलह यतिबेला भारत आइपुगेको छ ।
२२ जेठ, २०७७
Share
भारतबाट लुकिछिपी नेपाल आउने घटे
भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल-भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ । तर, कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि २ दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ ।
२२ जेठ, २०७७
Share
विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने
विद्यालय तहमा अध्ययनरत लाखौँ विद्यार्थीले आगामी असार १ देखि वैकल्पिक विधिबाट पढाइ सुरू गर्ने भएपछि विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने भएको छ । विद्यार्थीले अब २०७७ चैतभित्र यो शैक्षिक सत्रको पढाइ पूरा गर्न सक्ने अवस्था सिर्जना भएको छ ।
२१ जेठ, २०७७
Share
कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि खुवाइँदै
कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ । शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई परास्त गर्न सकिने भनी चिकित्सकहरूले सल्लाह दिएपछि सङ्क्रमणबाट जोगिन अन्यले पनि आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् ।
२१ जेठ, २०७७
Share
डेढ महिना ग्रीन जोनमा रहेको सुदूरपश्चिममा फेरि कोरोना संक्रमित बढ्दै
५ जना सङ्क्रमित निको भएर घर फर्किएपछि झन्डै डेढ महिनासम्म ‘ग्रीन जोन’ मा रहेको सुदूरपश्चिममा कोभिड-१९ को सङ्क्रमण पुनः उकालो लागेको छ ।
२१ जेठ, २०७७
Share
कोरोना हटस्पट नरैनापुरको अवस्था नियन्त्रणमा, त्रास घट्यो
भारतबाट फर्किएकामध्येबाट एक्कासी ठूलो संख्यामा कोरोना भाइरसका सङ्क्रमित फेला परेपछि कोरोना हटस्पट बनेको नरैनापुर गाउँपालिकाको अवस्था अहिले नियन्त्रणमा आएको छ ।
२१ जेठ, २०७७
Share