कुखुरा मर्न थालेपछि कृषकलाई ठूलो क्षति
प्रमुख डा चापागाईँका अनुसार जैविक सुरक्षा अपनाएर उपचार गरेका कृषकका कुखुरा २५ प्रतिशतसम्म मरेको भए पनि सुरक्षा अपनाउन नसकेका कतिपय खोरका सबै कुखुरा मरेका छन् ।
७ फागुन, २०७५
Share
शेयर बजार सात अङ्कले घट्यो
यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.८ विन्दुले घटेर २३४.३६ विन्दुमा पुगेको छ । कूल १६१ कम्पनीको आठ लाख ७६ हजार २०८ कित्ता शेयर रु २३ करोड ४५ लाख ९४ हजार ३८१ मूल्यमा खरीद बिक्री भए ।
७ फागुन, २०७५
Share
पाँचथर पावरको साधारण शेयर बिक्री हुँदै
कम्पनीले आज एक आह्वानपत्र सार्वजनिक गरी न्यूनतम १० कित्तादेखि अधिकतम नौ हजार ६२० कित्ता बराबरको आवेदन दिन पाउने जानकारी दिएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरका शेयर यही फागुन १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
७ फागुन, २०७५
Share
नेक्ससले ब्रामास्मी एसइइ कप खेलाउने
५० ओभरमा खेलाईने ब्रमास्मी एसइइ कप अन्तर्गत कम्तिमा देशभरका ११ स्थानबाट ट्यालेन्ट हण्टको आयोजना गरि खेलाडीको छनोट गरिनेछ । छनोट भएका १०० जना खेलाडीहरुलाई काठमाडौंमा ७ दिने क्याम्पको आयोजना गरि त्यसबाटपनि ४८ जना उत्कृष्ट खेलाडीको छनोट गरिने आज पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
७ फागुन, २०७५
Share
सरकारले भ्रष्टचार र बेथितीको जग बसायोः पौडेल
प्रधानमन्त्री केपी ओलीले आफ्नो एकवर्षे कार्यकाल पुरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै सम्बृद्धिको जग बसाएको उल्लेख गरेका थिए । तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख विपक्षी दल कांग्रेस वरिष्ठ नेता पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिती र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने स्पष्ट पारे ।
७ फागुन, २०७५
Share
ब्यापारीले पाउँलान् त ९ प्रतिशत ब्याजमा ऋण ?
उद्योगी ब्यवसायी आन्दालित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो समस्या समाधान गर्न पहल सुरु गरेका थिए । गत शनिवार आन्दोलनरत उद्योगी ब्यवसायीसँग प्रधानमन्त्री ओली आफैले छलफल गरेका थिए ।
७ फागुन, २०७५
Share
राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरेको विशेष समारोहकाबिच राष्ट्रपति भण्डारी समक्ष महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सो वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
७ फागुन, २०७५
Share
रहेनन् बाराका सिडिओ
दुर्घटनामा परेका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । भट्टराईको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो ।
७ फागुन, २०७५
Share
नेविसङ्घमा ३२ वर्ष उमेरहदको माग
नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गरेका हुन् ।
७ फागुन, २०७५
Share
महिला राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण इटहरीमा
एन्फा प्रवक्ता किरण राईका अनुसार शनिबार भारतमा सम्पन्न हिरो गोल्डकप फुटबलको उपविजेता बनेको नेपाल आज स्थलमार्गबाट झापा हुँदै इटहरी आउने र मङ्गलबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ ।
७ फागुन, २०७५
Share
जलविद्युत् आयोजनाले तिरेनन् बिक्री कर
ती जलविद्युत् आयोजनामध्ये एउटा सञ्चालनमा आइसकेको छ भने तीन वटाको निर्माण अन्तिम चरणमा पुगेको छ । पाँचवटै आयोजनालाई जिल्ला समन्वय समितिले विगत दुई वर्षदेखि पत्र पठाउँदै आए पनि हालसम्म कुनै पनि आयोजनाबाट कर भुक्तानी नभएको निमित्त जिल्ला समन्वय प्रमुख प्रेमबहादुर काफ्लेले जानकारी दिए ।
७ फागुन, २०७५
Share
नेकपा सचिवालय बैठक निष्कर्षविहीन
आज प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठक बिना निस्कर्ष सकिएको सचिवालय सदस्य झलनाथ खनाल सदस्यले जानकारी दिएका छन् ।
७ फागुन, २०७५
Share
शाखा अधिकृतको समायोजन
सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ ।
६ फागुन, २०७५
Share
जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान
न्यूपारा वल्र्ड प्राइभेट लिमिटेड पोखरा, कर्णाली एरोडाइनामिक रिसर्च सेन्टर जुम्ला र तातोपानी गाउँपालिकाद्वारा जुम्लामा प्याराग्लाइडिङ परीक्षण उडान शुरु गरिएको छ । सम्भाव्यता स्थानका लागि परीक्षण उडान शुरु गरिएको हो ।
६ फागुन, २०७५
Share
नेपालको लक्ष्य ग्लोबल क्वालिफायर
नेपालका लागि विश्वकपसम्म पुग्ने यो पहिलो ढोकाको रुपमा रहेको छ । क्वालिफायरमा एकआपसमा खेलिसकेपछि अंकतालिकामा शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा छानिनेछ । त्यो पनि दुई विश्वकपको क्वालिफायरका लागि ।
६ फागुन, २०७५
Share
बाग्मती सफाईको कार्ययोजना ल्याउन मन्त्रीको निर्देशन
दुई बर्षभित्रमा बाग्मती नदीको पानी सफा हुने गरी बिस्तृत कार्ययोजना ल्याउनुहोस, अन्यथा अव पनि प्रभावकारी काम भएन भने जिम्मेवारी लिएका सवैलाई कारवाही गर्न मन्त्रालय बाध्य हुनेछ, त्यसमा कसैले क्षमा पाउँदैन ।’
६ फागुन, २०७५
Share