काठमाडाैंकाे गाैशाला प्रहरी वृत्तअगाडि विद्यार्थी र सुरक्षाकर्मीबीच धकेलाधकेल भइरहेकाे छ । चाबहिलकाे सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीले ११ कक्षाकी एक छात्रालाई यौन दुर्व्यवहार गरेकाे विराेधमा आन्दाेलित विद्यार्थीका कारण सडकमा अवराेध भएकाे भन्दै प्रहरीले हटाउन खाेजेपछि धकेलाधकेल भएकाे हाे ।
विद्यार्थीहरूले गौशाला-कोटेश्वर सडकखण्ड अवरुद्ध पारी नाराबाजी गर्ने प्रयास गरिरहेका छन् भने प्रहरी उनीहरूलाई धकेलेर सडकभन्दा बाहिर निकाल्ने प्रयासरत छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९ १२:०३