नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचन लक्षित गतिविधिमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बिहीबार कर्णाली प्रदेश कमिटीलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आउँदो निर्वाचनमा केन्द्रित भई कर्णालीमा पार्टीका गतिविधि बढाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आउँदो ४ जेठमा स्थानीय निर्वाचन गर्ने अनौपचारिक सहमति भएको छ । यद्यपि सरकारले निर्वाचन मिति भने घोषणा गरिसकेको छैन । प्रचण्डले कर्णाली प्रदेश कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमलाई जुममार्फत भर्चुअल रूपमा सम्बोधन गरेका हुन् ।
प्रचण्डले कर्णालीका नेताहरूलाई पछिल्लो राजनीतिक परिस्थितिबारे सामान्य ब्रिफिङ गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८ १५:३१