नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी सहायक रथी नारायण सिल्वाललाई तोकेको छ । सिल्वालले पुस अन्तिम सातादेखि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्नेछन् ।
सिल्वाल हाल बालाजुस्थित १ नम्बर बाहिनीपतिका रूपमा कार्यरत छन् । प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गर्ने क्रममा कमाण्ड बुझबुझारथको क्रम चलिरहेको छ ।
सेनाको प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका सन्तोषवल्लभ पौडेलको शान्ति कार्य निर्देशनालयमा सरुवा भएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८ १७:५४