पहिराेका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ ।
यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो ।
सडक डिभिजन कार्यालयको दुईवटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो पन्छाएसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ ११:५४