अधिवक्ता हरि अधिकारीले संवैधानिक इजलासका न्यायाधीश बमकुमार श्रेष्ठले विवादित फैसालकै कारण आफ्नाे मान घटाएकाे टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइमा बहस गर्दै उनले भने, 'तपाईं (बमकुमार श्रेष्ठ) काे हामीले सम्मान गरेकै हौँ । त्यो फैसलाले गर्दा नै अहिले याे सबै भएकाे हो भन्ने लागेकाे छ।'
ऋषि कट्टेलले नेकपा नाममा आफूले पहिला पार्टी दर्ता गरे पनि ओली–प्रचण्डले त्यही नाममा पार्टी चलाइरहेको भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । तर, २२ फागुनमा न्यायाधीश श्रेष्ठको इजलासले नेकपा नाम कट्टेललाई दिनुका साथै एक कदम अघि सरेर माओवादी र एमाले पूर्ववत् रहने फैसला सुनाएका थिए ।
त्यसबारे डिटेल पढ्न तलकाे लिंकमा क्लिक गर्नुहाेस्ः
मागभन्दा पर गएर अदालतले देखायो 'न्यायिक सक्रियता'
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ १२:४९