शिलापत्रको वर्षान्त अभियानअन्तर्गत वर्षकलाकार २०८० का लागि पाठकले मत दिन पाउने समय अब दुई दिन मात्र बाँकी छ । शिलापत्रको न्युजरुममा लामो छलफल र विधाविज्ञको परामर्शपछि तयार गरिएको सूचीबाट पाठकले एक जनालाई ‘वर्षकलाकार २०८०’ का लागि मत दिन पाउनेछन् ।
लोकगायक खेम सेन्चुरी, अभिनेता दयाहाङ राई, गायकहरू प्रकाश दूतराज, प्रकाश सपुत, भुपू पाण्डे, गायिका शान्तिश्री परियार, कलाकार संयुक्त रूपमा सन्तोष पौडेल बटुकजी र अमृता पौडेल, गायिका समिक्षा अधिकारी, अभिनेताहरू सौगात मल्ल र विपिन कार्कीमध्ये एक जना वर्षकलाकार चुनिनेछन् ।

पाठकलाई माथिका बाहेक अन्य कलाकार हुनुपर्छ भन्ने लागेमा गुगल फारमको अन्य भन्ने अप्सनमा गएर सिफारिस गर्न पाउने व्यवस्था पनि मिलाइएको छ ।
१५ चैतदेखि १० दिनको समय राखेर शिलापत्रले विभिन्न विधामा भर्चुअल्ली मत हाल्न पाउने गरी फारम राखेको छ । २५ चैत राति १२ बजेसम्म भोट गर्न पाइनेछ ।
यो मल्टिमिडिया अन्तर्क्रियामा पाठकले वर्षकलाकारका साथै एक/एक वर्षव्यक्ति, वर्षकार्टुनिस्ट, वर्षपुस्तक, वर्षखेलाडी, वर्षसिनेमा र वर्षनाटकका साथै १५ समाचार निर्मातालाई मत दिन पाउनेछन् ।
वर्षव्यक्तिमा वैज्ञानिक महावीर पुन, उद्यमी विनोद कुँवर, फुटबलर सावित्रा भण्डारी (साम्बा) तथा संयुक्त रूपमा एसएसपीद्वय दानबहादुर कार्की र मनोजकुमार केसीलाई राखिएको छ । वर्षव्यक्तिमा नचुनिएका बाँकी तीन जना यस वर्षको प्रमुख समाचार निर्माता हुनेछन् । यो सूची कसरी तयार गरियो भन्ने जान्न यहाँ क्लिक गर्नुहोस् ।
शिलापत्र वर्षान्त अभियान के हो ? वर्षव्यक्ति वा यसअन्तर्गत विभिन्न विधाका सूची कसरी तयार गरिन्छ, केलाई आधार मानिन्छलगायत जिज्ञासा भए यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ ।
मत दिनका लागि गुगल फारम यहाँ छः
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० १४:५०