'हामीलाई थाहा छैन, यस्ताे कसरी हुन सक्यो ।'
यति पर्याप्त संसाधन हुँदा पनि इजरायली गुप्तचरले हमासको आक्रमण पहिल्यै किन थाहा पाएनन् भनेर मैले सोध्दा इजरायली अधिकारीले यस्तो प्रतिक्रिया दिइरहेका छन् ।
दर्जनौँ हतियारधारी प्यालेस्टाइनी इजरायल र गाजा स्ट्रिपबीचको कडा सुरक्षा पहरासहितको सीमा पार गर्न सफल भएका थिए । शनिबार नै हजारौँ रकेट गाजाबाट इजरायलतिर हानिएका थिए ।
इजरायलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरायली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयास हुँदा पनि कसैले यस्तो हुन्छ भन्ने आकलन गर्न नसक्नु अपत्यारिलाे हो वा उनीहरूले आकलन नै गरेको भए पनि त्यसमा कदम चाल्न असफल रहे ।
इजरायलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न मानिन्छ । प्यालेस्टाइनको लडाकु समूहसहित इजरायलका एजेन्ट र सुराकीहरू लेबनन, सिरिया र अन्त पनि छन् । विगतमा इजरायलले कतिपय विद्रोही नेताहरूलाई उनीहरूको आवतजावतबारे ठ्याक्कै वास्तविक सूचना लिएको आधारमा हत्यासमेत गरेकाे थियाे ।
कतिपय अवस्थामा एजेन्टहरूले ती व्यक्तिका कारमा जीपीएस ट्रयाकर राखिदिएका भरमा त्यस्ता हत्या ड्रोन आक्रमणबाट गरिएका थिए । कतिपय समयमा मोबाइल फोन विस्फोटन गराइएको थियो । गाजा र इजरायलबीचको तनावपूर्ण सीमा तारबारनजिकै क्यामेरा, भुइँमा हुने गतिविधि थाहा पाउने सेन्सर र नियमित सैनिक गस्तीको कडा सुरक्षा बन्दोबस्त छ ।
सीमामा लगाइएको बारमाथिको धारिलो तारलाई यस पटकको हमलामा देखिए जस्तो घुसपैठ रोक्नका लागि खडा गरिएको ‘बुद्धिमानी अवरोध’ का रूपमा कतिपयले लिएका छन् । तर हमासका विद्रोहीहरूले त्यसलाई पार गरेका छन् र तारहरू काटेर वा समुद्रको बाटो हुँदै वा प्याराग्लाइडिङको मद्दतले इजरायलभित्र प्रवेश गरेका छन् ।
इजरायलको नाकैमुनि यस्तो सुनियोजित र जटिल हमलाको तयारी गर्न अभूतपूर्व बन्दोबस्त र सुरक्षाको व्यवस्था हमासले गरेको हुनुपर्छ । हजारौँ रकेटहरू प्रहार गर्न त्यही स्तरमा ती अस्त्रहरूको भण्डारण र व्यवस्थापन गर्नु साधारण होइन ।
इजरायली मिडियाले तुरुन्तै कसरी यस्तो भयो भनेर देशको सैनिक र राजनीतिक नेतृत्वमाथि प्रश्न गरेको छ ।
एक समयमा उसका शत्रुले ठ्याक्कै ५० वर्षअघि यस्तै आश्चर्यजनक रूपमा इजरायलमाथि आक्रमण गरेका थिए । सो युद्धलाई योम किप्पर युद्ध भनिन्छ, जुन अक्टोबर १९७३ मा भएको थियो ।
इजरायली अधिकारीहरूले मसँग कुरा गर्दै एउटा प्रमुख अनुसन्धान अघि बढाइएको भन्दै अहिले उठेका प्रश्नहरू ‘वर्षौँसम्म उठिरहने’ बताएका छन् ।
तर अहिलेको इजरायलका प्राथमिकताहरू अरू नै छन् । उसले दक्षिणी सीमाबाट भइरहेको घुसपैठलाई नियन्त्रण र दमन गर्नुपर्ने छ भने सीमा पर्खालको इजरायलतर्फको भूभागका कैयौँ समुदायमाथि नियन्त्रण कायम गरेका हमास लडाकुहरूलाई त्यहाँबाट हटाउनुपर्नेछ । बन्धक बनाइएका आफ्ना नागरिकलाई उसले सशस्त्र उद्धार मिसन वा वार्तामार्फत् छुटाउनुपर्नेछ ।
इजरायलमाथि रकेट हमला गर्ने ठाउँहरूलाई उसले निमिट्यान्न पार्ने प्रयास गर्नेछ । तर त्यो लगभग असम्भव काम किन हाे भने जहाँसुकैबाट कुनै भेउ नै नदिई त्यसरी आक्रमण गर्न सक्ने स्थिति छ ।
सम्भवतः इजरायलका लागि सबैभन्दा ठूलो चिन्ता भनेको उसले हमासले गरिरहेको अस्त्रको अनुरोधमा अरूलाई पर्नबाट रोक्नु र यो तनावलाई वेस्ट ब्याङ्कसम्म फैलनबाट रोक्नु हो ।
- मध्यपूर्वमा खतराको घण्टीः हमासको आक्रमणमा मारिने इजरायलीको संख्या ३०० पुग्यो, १५ सय घाइते
- इजरायलबाट नेपाली भन्छन्, 'हमासले बम हानेको हान्यै छ, राति त रकेटले आकाशै छेक्याे'
- इजरायलमा बस्ने अरबीकाे चीत्कार, 'उनीहरूले हामीलाई मान्छे गन्दैनन्, हाम्रो मस्जिद नै कब्जा गरेका छन्'
- इजरायलमा रहेका १२ नेपाली विद्यार्थीमध्ये केही सम्पर्कमा छैनन्, केही हताहत भएकाे हुनसक्छ- परराष्ट्रमन्त्री
- हमासका प्रवक्ताले भने, 'इजरायलमाथि हमला गर्न हमासलाई इरानकाे मुख्य साथ छ'
- गाजापट्टीमा इजरायलको जवाफी आक्रमण, २ सय ३० को मृत्यु, १ हजार घाइते
- कुनै पनि नेपाली हमासकाे अपहरणमा परेका छैनन्: एनआरएन इजरायल
- इजरायललाई अर्को चुनौती, लेबनानका हिजबुल्लाहले पनि इजरायलमा आक्रमण थाल्यो
- इजरायल–हमास संघर्षमा मारिए एक कम्बोडियाली विद्यार्थी
- २ सय ५६ प्यालेस्टाइनी मारिए : हमास
- हमासका प्रवक्ताले भने, 'इजरायलमाथि हमला गर्न हमासलाई इरानकाे मुख्य साथ छ'
- हमासले इजराइलमा फेरि हान्याे रकेट, एक जनाको मृत्यु
- हमासकाे आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीकाे मृत्यु (विवरणसहित)
- हमासले हानेको पहिलो ग्रिनेट मिल्काइदिएका थिए नेपाली विद्यार्थीले
- हमासकाे हमलामा मारिनेको संख्या ७ सय नाघ्याे, सयभन्दा बढीकाे अपहरण
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० ०८:४२