ठमेलको क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं प्रहरीले थानकोटबाट पक्राउ गरेको हो ।
उनीहरूले गत शुक्रबार राति क्लबमै पुगेर क्लब सञ्चालक राजेन्द्र गुरुङमाथि कुटपिट गरेका थियो । उनीहरूले गरेको कुटपिटको भिडियोसमेत सार्वजनिक भएको थियो ।
सो घटनामा संलग्न भएको आरोमा युवराज गुरुङ (सोनुभाइ), विक्रम अधिकारी, सुवास कायस्थ, सुरज कायस्थ र कमल तामाङ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरूलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घटनापछि उनीहरू पोखरा पुगेका थिए । काठमाडौं प्रहरी आफूहरूलाई पछ्याउँदै पोखरा पुगेको थाहा पाएपछि उनीहरू काठमाडौं फर्कंदै गर्दा काठमाडौंबाट पक्राउ परेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८० २१:३९