लकडाउनका कारण भारतमै अड्कियो नेपालको रेल
कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपालका लागि गुडे पनि लकडाउनका कारण भारतमै अड्किएको छ। रेल भारतको चेन्नाई स्थित उद्योगबाट गुडेर मध्य प्रदेशको जबलपुरमा आइसकेको रेल विभागका महानिर्देशक बलराम मि श्रले जानकारी दिए।
८ वैशाख, २०७७
Share
आपूर्ति सहज बनाउन उद्योगमन्त्री भट्ट नै सक्रिय
झण्डै १ महिना लकडाउन हुँदा पनि अत्यावश्यक वस्तुको सहजता खलबलिएको छैन। आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट स्वयं खटिएका छन्। ‘नेपालको आपूर्ति व्यवस्था आयातमा आधारित छ’, मन्त्री भट्टले भने, ‘अहिलेको आपूर्ति व्यवस्थापन सहज हुनुको प्रमुख कारण बिनारोकावट आयात सम्भव गराउनु हो।’
७ वैशाख, २०७७
Share
विचलित भइनन् प्रसिद्धि, मनकुमारीको उच्च मनोबल
नेपालमा दोस्रो कोरोना संक्रमित हुन्, १९ वर्षीया प्रसिद्धि श्रेष्ठ। अस्पताल बसेको २७ दिनमा कोरोनालाई पराजित गरी उनी शनिबार घर फर्किएकी छन्। शनिबार नै बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया मनकुमारी पौडेल पनि निको भएर डिस्चार्ज भइन्। छैटौं संक्रमित यी वृद्धा अस्पताल बसेको १८ दिनमा संक्रमणबाट मुक्त भएकी हुन्।
७ वैशाख, २०७७
Share
एन्फा मुख्यालय अब क्वारेन्टाइन
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको एकेडेमी भवन अब क्वारेन्टाइनका लागि प्रयोग गरिने भएको छ । ललितपुर महानगरपालिकाले एकेडेमी भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्न लागेको हो ।
६ वैशाख, २०७७
Share
नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा पुग्ने जोखिम, भुसको आगो सरह फैलिएको विज्ञको आशंका
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम घटाउन लकडाउन घोषणा गरे पनि संक्रमितको संख्या बढ्न थालेपछि समुदायमा चिन्ता बढेको छ। शुक्रबारसम्म कोराना संक्रमित ३० जना पुगेका छन् ।
६ वैशाख, २०७७
Share
खाडी राष्ट्रको निर्णयले अन्योलमा सरकार
खाडी राष्ट्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको कुवेतको घोषणाले नेपाल मात्र होइन, अन्य मुुलुक पनि समस्यामा परेका हुन्।
५ वैशाख, २०७७
Share
अमेरिकामा अस्पतालले भर्ना लिन नमानेपछि १ नेपालीको कोठामै मृत्यु
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो
४ वैशाख, २०७७
Share
ब्याजदर घटाउँदा बैंकलाई डेढ अर्ब बढी नाफा
सरकारी आग्रह अनुसार १ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका बैंकहरूलाई भने यो निर्णयले ठूलो रकम नाफा हुने भएको छ। यसबाट २७ वटा वाणिज्य बैंकलाई मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी अतिरिक्त नाफा हुने भएको हो।
३ वैशाख, २०७७
Share
आवश्यक परे मेडिकल उडान भर्न निजी हेलिकोप्टर सहमत
कोरोना समन्वय समितिले स्वाब परीक्षण, मेडिकल सामग्री, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लिएर आवश्यक परेको समयमा उडान भर्न निजी वायुसेवा सञ्चालक संघलाई निर्देशन दिएको थियो। समितिको निर्देशन बमोजिम पर्यटन मन्त्रालयले संघसँग छलफल गरेको र संघ सहयोग गर्न राजी भएको मन्त्रालयका सहसचिव बुद्घिसागर लामिछानेले जानकारी दिए।
३ वैशाख, २०७७
Share
कोरोना नियन्त्रण तथा उपचारका लागि डेढ खर्ब बजेट
‘लकडाउन’का बेला उपचार, राहत तथा आर्थिक पुनः स्थापना कार्यक्रम सञ्चालन गर्न ठूलो धनराशि खर्च हुने देखिएको छ। सरकारबाट घोषित राहत कार्यक्रमको खर्च १ खर्ब ५० अर्ब २८ करोड रुपैयाँ पुग्ने अनुमान छ। यो रकम यो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.९ प्रतिशत हो।
२ वैशाख, २०७७
Share
‘क्वारेन्टाइन’बाट फर्केपछि कोरोना संक्रमण पुष्टि
लम्कीचुहा नगरपालिका-१ भुरुवाकी ५३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ। योसँगै लम्कीचुहामा संक्रमितको संख्या दुई पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा पाँच।
२ वैशाख, २०७७
Share
‘लकडाउन’ले रेल सेट हस्तान्तरणमा ढिलाई
कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्ने गरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ । रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो । तर, लकडाउनका कारण रेल सेट हस्तान्तरण हुन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए।
३० चैत, २०७६
Share
ओली र प्रचण्डबीच असमझदारी
प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई बालुवाटार बोलाए। काम थियो– डीआईजी बढुवा सिफारिस कार्यसूचीमा छलफल गर्ने। गृह स्रोतका अनुसार प्रधानमन्त्री ओलीले डीआईजी बढुवा सूची मागे।
३० चैत, २०७६
Share
नेपालमा कोरोेना संक्रमित हेर्ने चिकित्सक २८ मात्रै
कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेको अवस्थामा सघन उपचार कक्ष (आईसीयू) मा बिरामीलाई राखेर गरिने उपचारका लागि कति चिकित्सक र नर्र्स खटाउनुपर्ला ? अनुमान गर्नुहोस्। संक्रमितलाई अस्पतालमा राखेर उपचार गराउनुपर्ने अवस्थामा अहिलेसम्म स्वास्थ्य मन्त्रालयले २८ जना चिकित्सक र ३० जना नर्सलाई मात्र तालिम दिएको छ।
२९ चैत, २०७६
Share
काइली लगातार दोस्रो पटक विश्वकै धनाढ्य युवा स्टार
विश्वकै धनाढ्यहरूको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले हालै युवा अर्बपति स्टारहरूको नाम सार्वजनिक गरेको छ । यो सूचीमा टेलिभिजन स्टार काइली जेन्नर पहिलो स्थानमा छिन्।
२९ चैत, २०७६
Share
अग्रवाललाई ५ वर्षसम्म कैद गर्न सकिने कानुनी प्रावधान
सस्तो मूल्यमा आयात गरी ज्वरो नाप्ने थर्मल गन बिक्रीबाट उपभोक्तासँग अत्यधिक मूल्य असुल गरेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पाँच वर्षसम्म कैद गर्न सकिने कानुनी प्रावधान छ ।
२८ चैत, २०७६
Share
कोरोना असरः सस्तिँदै नेपाली रुपैयाँ
कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ । पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ । बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ। यो हालसम्मकै सबैभन्दा महँगो दर हो।
२८ चैत, २०७६
Share
पहाडी जिल्लामा नाम मात्रका क्वारेन्टाइन
तराईका स्थानीय तहले बनाएका क्वारेन्टाइन खाली–खाली रहेका बेला पहाडमा भने कोचाकोच छन् । पहाडी जिल्लामा नाम मात्रैका क्वारेन्टाइन बनाइएका छन् ।
२६ चैत, २०७६
Share
‘लकडाउन’का बेला मलामी संख्या १२ जना मात्र
जिल्लाको सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेकी ९७ वर्षीय श्रीमाया भट्टको सोमबार राति निधन भयो।मंगलबार बिहान कोरोना प्रतिकार्य समितिको बैठक बसेर मलामी जम्मा १२ जना मात्र जाने निर्णय गरेको हो।निर्णय अनुसार भट्टको दरौंदी नदीमा लगेर दाहसंस्कार गरियो ।
२६ चैत, २०७६
Share