अब लिम्पियाधुरा सहितको नक्सा, के छ सुगौली सन्धिको धारा ५ मा ?
सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयको सहमतिसहित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा सहितको नयाँ नक्साको प्रस्ताव सोमबारको मन्त्रिपरिषद्ले पारित गरेको हो ।
६ जेठ, २०७७
Share
आगामी सातादेखि विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने तयारी
सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ ।
४ जेठ, २०७७
Share
भारतीय सेना प्रमुखको वक्तव्यबारे बुझ्दै नेपाल सरकार
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले दिएको वक्तव्यबारे सरकारले आफ्नो तवरले अध्ययन गरिरहेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सेना प्रमुखको भनाइबारे सरकारले आफ्नो कूटनीतिक च्यानलमार्फत् बुझिरहेको बताए ।
४ जेठ, २०७७
Share
अब नेपालको नक्सामा लिम्पियाधुरा
सरकारले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा बनाउने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले छुटेको भूमिसमेत समावेश गरी नेपालको नक्सा जारी गर्ने घोषणा गरेकी छन्।
३ जेठ, २०७७
Share
कोरोनाको उच्च जोखिममा काठमाडौं उपत्यका
३० वैशाख महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना भाइरस पोजिटिभ भेटियो ।
२ जेठ, २०७७
Share
राष्ट्रसंघ दस्ताबेजमा काली नदीवारि नेपाल
नेपालले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघमा सदस्यता पाएको हो। नेपालले सन् १९४९ मा सदस्यताका लागि आवेदन दिएको भए पनि तत्कालीन सोभियत संघको कारण नेपालले सदस्यता पाउन ६ वर्ष संघर्ष गर्नुपरेको थियो ।
२ जेठ, २०७७
Share
रिपोर्ट नआउँदै घर पुगेका थिए कोरोना संक्रमित युवक
कोरोना भाइरस संक्रमण पुष्टि भएका युवक अघिल्लो रात घर पुगेको खुलेपछि सप्तरीको डाकनेश्वरी नगरपालिकामा सन्त्रास फैलिएको छ।
३० वैशाख, २०७७
Share
भारतलाई कूटनीतिक नोट, कोरोना संकटलगत्तै वार्ता
सरकारले लिपुलेक क्षेत्रबारे नेपालको धारणा स्पष्ट पार्दै तत्काल वार्ताको वातावरण तय गर्न भारतलाई ‘कूटनीतिक नोट’ दिएको छ । लिपुलेक क्षेत्रमा निर्माण गरिएको सडक उद्घाटनबारे नेपालको औपचारिक धारणा व्यक्त गर्न भारतीय राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर उक्त नोट दिइएको हो ।
३० वैशाख, २०७७
Share
केही दिनअघि मुम्बइबाट आएका थिए कपिलवस्तुका कोरोना संक्रमित दाजुभाई
कपिलवस्तु मायादेवी गाउँपालिका–२ अभिरावका कोरोना संक्रमित युवकहरू एउटै घरका दुई भाई रहेको खुलेको छ ।
२६ वैशाख, २०७७
Share
सीमा क्षेत्रमा ५ सय बीओपी, थप ९ हजार सुरक्षाकर्मी खटाउने तयारी
नेपालले भारतको समकक्षमा सीमा सुरक्षा चेकपोष्ट (बोर्डर अब्जरभेजन पोस्ट-बीओपी) राख्ने तयारी गरेको छ।
२४ वैशाख, २०७७
Share
नेवार जातिलाई मात्र घरजग्गा बेच्न वडाको सूचना
काभ्रेको पनौती नगरपालिका–७ ले नेवार जातिको धार्मिक र पुरातात्तिवक सम्पदा जोगाउन अन्य जातिलाई घर बेच्न सिफारिस नदिने निर्णय गरेको छ । मंगलबार बसेको वडा समिति बैठकले यस्तो निर्णय गरेको हो ।
२४ वैशाख, २०७७
Share
नेपालगञ्जका ३ परिवारमा ३-३ जना संक्रमित
नेपालगन्जमा आइतबारसम्म कोरोना संक्रमण देखिएका १६ जना ८ परिवारका व्यक्ति मात्र छन्। त्यसमा पनि १५ जना एकै टोलका छन्।
२३ वैशाख, २०७७
Share
कस्तो होला अबको लकडाउन ?
सरकारले ११ चैत यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ। कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको आर्थिक प्रभाव र कोरोनाको सम्भावित अवस्थालाई मध्यनजर गर्दै नयाँ मोडालिटीका विषयमा छलफल गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिए।
२३ वैशाख, २०७७
Share
अध्यक्षको कार्यविभाजन ४ मंसिरकै निर्णयका आधारमा
सत्तारुढ दल नेकपाका दुई अध्यक्षको कार्यविभाजन गत मंसिर ४ कै निर्णयका आधारमा हुने भएको छ। त्यस बेला अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सरकार र अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सञ्चालन गर्ने समझदारी भएको थियो।
२३ वैशाख, २०७७
Share
कुवेतले ३ हजार नेपाली फर्काउँदै
वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब ३ हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ। कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो।
२२ वैशाख, २०७७
Share
एकै दिन १५ संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख
बाँकेको नेपालगन्जमा एकैदिन १५ जना संक्रमित भेटिएपछि कोरोना तेस्रो चरणतर्फ उन्मुख देखिएको छ। विज्ञका अनुसार बाहिरी देशबाट आएको व्यक्तिमार्फत स्थानीयमा कोरोना सरेर समुदाय नै प्रभावित भएको अवस्थालाई तेस्रो चरण मानिन्छ।
२२ वैशाख, २०७७
Share
कोरोना जिते पनि घरबाटै दुर्व्यवहार
कोरोना संक्रमणपछि उपचार गराउन अस्पताल आएका धादिङका युवालाई चिकित्सकले गर्ने व्यवहार राम्रो रह्यो। निको भएपछि आफन्तको व्यवहारले भने उनको मन दुखायो।
२१ वैशाख, २०७७
Share