बिर्ता प्रवृत्तिको झलकअर्थमन्त्रीबाट हटेपछि प्रधानमन्त्रीको विशिष्ट आर्थिक सल्लाहकार भएको महिना दिन पनि बितेको छैन । पूर्वअर्थमन्त्री खतिवडाले फेरि अर्को पटक अमेरिकाका लागि राजदूत पद बिर्ता पाएका छन्१७ असोज, २०७७ Share
साम्य होला त अब नेकपाभित्रको झगडा ?अहिले डब्बल नेकपाको यथार्थ के हो भने यो पार्टीको न टाउको एकीकृत भएको छ, न शरीर, न खुट्टा । अर्थात् यसको न विचार र सिद्धान्त मिलेको छ, न वास्तविक अर्थमा सांगठनिक एकता भएको छ, न भुइँ तहका कार्यकर्ता/समर्थकहरू मिलेका छन् । केवल सत्तास्वार्थको मसिनो धागोले दुई अध्यक्षका टुप्पी मात्र एकै ठाउँमा बाँधिएका छन्३ असोज, २०७७ Share
सरकार कहाँ चुक्दै छ ?हामीले चीनको जस्तो १० दिनमा १० हजार मानिसको उपचार गर्ने अस्पताल निश्चय पनि बनाउन नसकौँला । तर संघ तथा प्रदेश सरकार र स्थानीय सरकारले आँटे भने १० दिनमा हरेक नगरमा १०० जनाको उपचार गर्न सक्ने मेकसिफ्ट अस्पताल बनाउन असम्भव छैन१४ भदौ, २०७७ Share
कोरोनाबाट कोही नमरेका नमुना एसियाली देशभियतनामले प्रयोगमा ल्याएको कोरोनाबाट बच्ने चारवटा पूर्वसावधानीका नियम पालना गर्दै त्यसभित्र पनि गुणस्तरीय मास्कको नियमपूर्वक प्रयोग ताइवानको विशेष अनुभव हो, जसबाट विश्वले सिक्न आवश्यक छ३२ साउन, २०७७ Share
ठूलाे मौका गुमाएका ठूला राजनीतिज्ञसत्तामा जाँदा क्रान्तिकारी प्रचण्ड सिंहदबारको ढोकाबाहिरबाटै अलप हुन्छ, भित्र जान्छ त केवल पुष्पकमल दाहाल मात्र । १४ वर्ष जेल बसेर क्रान्तिको रापमा खारिएको ओली सत्तामा जाँदा नेल्सन मण्डेला भएर निस्कँदैन, डोनाल्ड ट्रम्पको नेपाली अवतार भएर निस्कन्छ१६ साउन, २०७७ Share
फुटको संघारमा नेकपामध्यमस्तरका नेताहरूले कुनै चमत्कार गरिहालेमा छुट्टै कुरो हो, नत्र डब्बल नेकपाको फुटको औपचारिक घोषणा मात्र बाँकी छ । अनौपचारिक रूपमा यसको फुट भई नै सकेको छ२६ असार, २०७७ Share
चीन–भारतबीच होला त भीषण युद्ध ?हेपाहा र मिचाहा ‘ठूलो दाइ’ चरित्रकै कारण भारतको भुटानबाहेक दक्षिण एसियाको कुनै पनि छिमेकीसित सौहार्द तथा सम्बन्ध छैन५ असार, २०७७ Share
मुखमा गणतन्त्र, रगतमा राजतन्त्र गणतन्त्रको १२ वर्षमा नेपालमा समाजवादउन्मुख अर्थतन्त्र होइन, दलाल पुँजीवादउन्मुख अर्थतन्त्र लागू गरिएको छ१६ जेठ, २०७७ Share
भारतलाई तह लगाउने बाटाहरूजुनसुकै मूल्यमा भए पनि नेपाल भारत सीमामा काँडेतार वा पर्खाल लगाउनुको कुनै विकल्प छैन । जति हामी यो अपरिहार्य कार्य गर्न ढिलाइ गर्छौँ, नेपाली भूमि निरन्तर घटिरहेको हुनेछ२ जेठ, २०७७ Share
केपी ओलीकाे लज्जास्पद पराजययो त 'अरूलाई अरू धन्दा, मूर्ख ज्वाइँलाई खानकै धन्दा' भनेजस्तो भएन र ? त्यसैले सरकारसित अझै थोरै मात्र पनि बुद्धिमत्ता छ भने लाज-घीन नमानी जारी भएका अध्यादेश फिर्ता गर्नु उचित हुनेछ । ओली लज्जास्पद पराजयबाट जाेगिने याे नै एकमात्र विकल्प हाे११ वैशाख, २०७७ Share
कोरोना विजयमा जापान, कोरिया र क्युबाको अनुभवनेपालको लकडाउनको अर्को कमजोरी के देखिएको छ भने नेपाल सरकारले समयमै यसको सामाजिक न्याय र मानवीय पक्षमा कुनै ध्यान दिएन । अर्थात्, लकडाउन भएपछि आजको आजै कमाएर खानुपर्ने कति लाख मान्छे भोकै पर्लान् ? कति मान्छे खानै नपाएर मर्लान् ? कतिको अकल्पनीय बिल्लीबाठ होला ? सरकारले बेलैमा त्यसको हेक्का राखेन, हिसाब किताब गरेन२४ चैत, २०७६ Share
कोरोना त्रासः सिंहको शिकार गर्न झिँगा मार्ने रिहर्सलचीनले करिब डेढ महिनाको प्रयासमा हासिल गरेका यी उपलब्धिहरूले पुष्टि गरेको छ कि कोसिस गरे कोरोना भाइरसलाई नियन्त्रण गर्न सम्भव छ । चीन सरकारले घोषणा पनि गरेको छ– आगामी अप्रिल महिनासम्ममा यो रोग पूरै नियन्त्रणमा आइसक्नेछ ।२९ फागुन, २०७६ Share
केजरीवालजति पनि काम गर्न नसकेको बलवान् वाम सरकारसत्तामा जाँदा यसले सुरुमा आमनागरिकका लागि काम गर्ने बाचा गरेको थियो । त्यो बाचा एक हदसम्म उसले पूरा गर्यो पनि । अब तेस्रो कार्यकालमा पनि उसले बाचा पूरा गर्ने काम नै गर्नेछ त ? त्योचाहिँ व्यवहारमा हेर्न बाँकी छ४ फागुन, २०७६ Share
समावेशिता बढ्दा नबदलिएको पुरुष मानसिकतानेपालको राजनीतिक नेतृत्वको पुरुषप्रधान सामन्ती मानसिकता अझै फेरिएको छैन । दल कम्यनिस्ट पार्टी होस् वा कांग्रेस पार्टी, त्यसले नेपालमा कुनै अर्थ राखिरहेको पाइँदैन । सबैको संस्कृति उही छ–पितृसत्तात्मक र महिलाको मामिलामा भेदभावजन्य१६ माघ, २०७६ Share
समाजवादी पार्टीको बहिर्गमनले ल्याएको तरंगसरकार प्रमुखमा सहयात्री दलको समस्याप्रति पर्याप्त संवेदनशीलता, उनीहरूको समस्या सुन्ने र बेलैमा हल गर्ने संस्कृति, सामर्थ्यअनुसार सम्मानजनक ढंगले सीट दिने समावेशीताको मानसिकता र दिइएको वचन कडाइपूर्वक पालना गर्ने नैतिक स्तर नभई संयुक्त सरकार चल्न र टिक्न सक्दैनन्११ पुस, २०७६ Share
दिगो होला नेकपा एकता ?ती दुई दलको टाउको पनि अलग्गै छ, शरीर पनि अलग्गै र मन पनि अलग्गै । बेग्लाबेग्लै राजनीतिक र ऐतिहासिक पृष्ठभूमिबाट आएका ती दुईको रसायनिक रूपमा एकै भाँडोमा अन्तरघुलन भएकै छैन । ती दलहरू तेल र पानी एकै भाँडोमा परेझैँ भएका छन् । नेकपा वास्तवमा राजनीतिक दल कम, सत्ता प्राप्तिका लागि चुनावी संयुक्त मोर्चा ज्यादा भएको छ२६ मंसिर, २०७६ Share
सीको बहुचर्चित नेपाल यात्राः हामी कहाँ चुक्यौं ?हाम्रो ध्यान खालि सडक र कनेक्टिभिटीमा मात्र गयो । ती निकै जरुरी एजेण्डा त हुन् तर नेपालको व्यापार घाटा घटाउने एजेण्डा पनि कम महत्त्वपूर्ण होइन२९ असोज, २०७६ Share
दसैं, धर्मनिरपेक्ष राज्य र सामन्ती शैलीको टीका !राज्यका कुनै पनि सर्वोच्च पदाधिकारीको व्यक्तिगत श्रद्धाका आधारमा खास आराध्यदेवप्रति श्रद्धा हुनसक्छ वा पटक्कै नहुन सक्छ । श्रद्धा नभए समस्या नै भएन । यदि छ भने उनले आफ्नो श्रद्धा भएको आराध्यदेवको व्यक्तिगत हैसियतमा सर्वसाधारणझैँ भएर दर्शन वा पूजापाठ गर्न सक्छन् ।२५ असोज, २०७६ Share