विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष पद लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने निश्चित भएकाे छ ।
रवीन्द्रलाई भाेलि (बुधबार) पार्टी प्रवेश कार्यक्रम गरेर स्वागत गरिने राप्रपाका प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मिश्रसँगै विवेकशील साझाका नेता शरदराज पाठकलगायतकाे ठूलाे समूह पनि राप्रपामा प्रवेश गर्दैछ ।
मिश्रले साेमबार मात्रै विवेकशील साझा पार्टीकाे साधारण सदस्यबाटै राजीनामा दिएका थिए । उनले नयाँ पार्टीमा प्रवेश गर्नुपर्ने भयाे भन्दै राजीनामा बुझाएका थिए । विवेकशील साझाकाे अध्यक्षबाट भने उनले स्थानीय तहकाे चुनावलगत्तै राजीनामा दिएका थिए ।
मिश्र यसपटक काठमाडाैं–१ बाट चुनाव लड्ने तयारीमा छन् । यसअघि २०७४ सालमा भएकाे निर्वाचनमा उनी यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९ १०:४०