चालु वर्षको साउन महिनामा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । साउनमा गत वर्षको तुलनामा २० प्रतिशतले रेमिट्यान्स बढेको छ ।
यो अवधिमा ९२ अर्ब २१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । २० प्रतिशतको वृद्धिदरमा ८ प्रतिशत योगदान भने डलरको मूल्य वृद्धिदर रहेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको
थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४ हजार ५४० पुगेको छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २० हजार ३९० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १७:०८