काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसीबजार हटाउन निर्देशन दिएको छ । आज एक सार्वजनिक सूचना निकाल्दै महानगरले १५ दिनभित्र खसीबजार हटाउन निर्देशन दिएको हो ।
अन्यथा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत महानगरले दिएको छ । खसीबजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोर मैलाका कारण वातावरणमा गम्भीर असर परेको उजुरी आएपछि महानगरले वातावरण सम्बन्धी अध्ययन गरेको थियो ।
महानगरले वातावरण सम्बन्धी अध्ययन गरी तयार पारेको प्रतिवेदन अनुसार खसीबजार हटाउनुपर्ने देखिएको सार्वजनिक सूचनामा उल्लेख छ ।
हेर्नुहाेस् सूचना:
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९ ०७:२१