कैलालीमा बाघको आक्रमणबाट २१ बाख्रा मरेका छन् । सोमबार साँझ मोहन्याल गाउँपालिका वडा नम्बर –७ कुइने गाउँमा रहेको कालिका सामुदायिक वननजिक बाघले आक्रमण गर्दा २१ बाख्रा मरेका हुन् ।
बाघको आक्रमणमा परेर स्थानीय बासिन्दाका २१ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कालिका सामुदायिक वनको सरंक्षण क्षेत्रभित्र बाघले बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
कुइनेका धर्मराज मिजारका छवटा खसी र चारवटा बाख्रा, नविन बडुवालका चार बोका र चार बाख्रा, पहिला बिटालुका दुईवटा बाख्रा, सावित्रा बडुवालको एक बाख्रा गरी २१ वटा बाख्रा बाघले मारेको डीएसपी जाेशीले बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ १३:१७