नुवाकोटको ककनी गाउँपालिका ७ स्थित त्रिशूली थ्रीएको हाइटेन्सन तारमा झुण्डिरहेका ४४ वर्षे प्रेमबहादुर विकको उद्धारमा खटिएका प्रहरी, जनप्रतिनिधि र स्थानीयबासी हैरान भएका छन् । जतिसुकै फकाउँदा पनि प्रेमबहादुर ओर्लिन मानेका छैनन् ।
घटनास्थलबाट गाउँपालिका उपाध्यक्ष मिट्ठुमाया तामाङले भनिन्, 'माथि तारमा चराजसरी हिँडिरहेका छन्, लिखुतिर पुगिसके । फकाउँदा फकाउँदा हामी हैरान भइसक्यौँ । ठाउँ पनि अप्ठेरो भएकाले कसरी उद्धार गर्ने हामीले सोच्न सकिरहेका छैनौँ ।'
नुवाकाेटकै बेलकाेटगढी गाउँपालिका १३ घलेगाउँका विक बिहान १० बजे विद्युत पाेलहुँदै नाङ्गाे तारमा पुगेका थिए । उनी तारमा झुण्डिएर बसेकाले ८ घण्टायता त्रिशुली थ्रीए जलविद्युय आयोजनाको उत्पादन बन्द छ ।
सम्बन्धित समाचार
प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९ १७:५९