बञ्चरेडाँडाका स्थानीय बासिन्दाले आज पनि आन्दोलन जारी राखेका छन् । स्थानीयसँग सहमति नभइ फोहोर विसर्जन गर्न नदिने उनीहरूको अडान छ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनेवेशी नगरपालिकाका प्रमुखले फोहर फाल्न दिने सहमति गरे पनि स्थानीयले अवरोध कायम राखेका हुन् ।
प्रभावित क्षेत्रका वडाध्यक्ष र स्थानीयसँग सम्झौता हुनुपर्ने माग उनीहरूको छ । हिजो फोहोर बोकेका ट्रकलाई अवरोध गरेपछि प्रहरी लगाएर विसर्जन गरिएको थियो । सो क्रममा पाँच जना घाइते र १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।आन्दोलन शान्तिपूर्ण हुने बताउँछन् धुनेवेधी नगरपालिका १ का वडाध्यक्ष मानबहादुर तामाङ । 'प्रभावित जनतासँग सम्झौता हुनुपर्छ । स्थानीयको माग पूरा नभएसम्म आन्दोलन हुन्छ', उनले भने ।
स्थानीयको माग के छ ?
(१५ दिन, तीन महिना र एक वर्षभित्र गर्न सक्ने कामको प्रतिबद्धता गर्नुपर्ने
(फोहोर राति मात्रै लाने व्यवस्था गर्नुपर्ने तथा समयतालिका बनाएरमात्रै फोहोरको सवारी चलाउने प्रबन्ध मिलाउनु पर्ने
(सिसडोल तथा बञ्चरेमा फोहार नगन्हाउने व्यवस्था मिलाउने
(फोहारबाट निस्केको लिच्चड खोलामा नमिसाउने र खोलामा जान नदिने
(सिसडोलबाट समेत निस्केको सिच्चडलाई तत्काल व्यवस्थापन गर्न सुभारम्भ गर्ने
(फोहोर यथास्थानमा फाले–नफालेको, फोहोरलाई पुरे नपुरेको अनुगमन गर्नको लागि महानगरले प्रभावित क्षेत्र धादिङ तथा नुवाकोट बाट १०/१० जना कर्मचारी नियुक्त गर्नुपर्ने
( अनुगमन गर्न बजेट विनियोजन गर्ने
( प्रभावित क्षेत्रको वर्गिकरण भैसेको स्थितिमा कति क्षेत्रलाई अधिकरण गर्नुपर्ने तथा कति क्षेत्रलाई मुआब्जा प्रदान गर्ने भन्ने कुराको तय गरी राज्य समझ बजेट योजनको लागि पहल गर्नुपर्ने
(बीमा हुनुपर्ने
(हस्पिटल बनाउन सिलन्यास गर्नुपर्ने
( वरीपरिको क्षेत्रमा वृक्षारोपणको कार्य गर्ने ।
(फोहार व्यवस्थापनको लागि आवश्यक कर्मचारीहरू नियुक्ति गर्दा योग्यता अनुसार प्रभावित क्षेत्रका जनताहरूलाई प्राथमिकता दिनुपर्ने
(कृषि प्रवद्धनको लागि सहयोग गर्नुपर्ने
(बाटोको लागि बजेट विनियोजन हुनुपर्ने
( फोहोरबाट संचालन गर्न सक्ने उद्योगहरूको स्थापना गर्न बनाउने, प्लाष्ट्रिक संकलन उद्योग ग्यास उद्योग) ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ ०७:४८