महानगर क्षेत्रमा सार्वजनिक शौचालय बनाउन चाहनेहरूलाई सात दिनभित्र सम्पर्कमा आउन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।
आज एक सूचना जारी गर्दै महानगरपालिकाकाले होटल, रेस्टुरेन्ट, बैंकलगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन भनेको हो ।
इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले सात दिनभित्र सार्वजनिक निजी साझेदारी इकाइ, बबरमहल जिसस भवन वा प्रशाशन विभाग, काठमाडौं महानगरमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।
काठमाडौंमा आवश्यकताअनुसार सार्वजनिक शौचालय नभएपछि सरकारी वा निजी संघसंस्थाका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न लागिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९ ०९:४४