सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ८०० तोकिएको छ ।
अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ छ ।
अघिल्लो दिन उक्त सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर १ हजार २ सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८ सय ४५ डलर आसपासमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९ १३:११