नेकपा (एकीकृत समाजवादी) ले २६ चैतमा भृकुटीमण्डपमा सभा गर्ने भएको छ । मुलुकमा बहुदलीय व्यवस्था पुनःस्थापना भएको दिनको अवसरमा पार्टीले अहिलेसम्म गरेका कार्यका साथै सङ्गठन सुदृढीकरण तथा विस्तारका अभियानबारे उक्त सभामा जानकारी दिने भएको छ ।
सभालाई सफल बनाउन जनवर्गीय संगठनलाई तयारी तथा व्यवस्थापनको विशेष जिम्मेवारी दिइएको छ । उक्त सभालाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम छ ।
एकीकृत समाजवादीका काठमाडौं जिल्ला कमिटी अध्यक्ष कुशुमकुमार कार्कीले केन्द्रीय अभियानअन्तर्गत काठमाडौंमा छोटो समयमै पार्टी निर्माणको कामलाई तीव्र ढङ्गले अगाडि बढाइएको बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८ १८:५८