पर्सामा मतदाता संख्या तीन लाख ३९ हजार ८३६ पुगेको छ । निर्वाचन आयोगका अनुसार जिल्लाका १४ स्थानीय तहमा कूल एक लाख ९१ हजार ५३७ पुरुष, एक लाख ४८ हजार २८३ महिला र अन्य १६ जना मतदाता रहेका छन् ।
गत स्थानीय तहको चुनावमा दुई लाख ८० हजार २१२ मतदाता भएकामा यसपटक ५९ हजार ६२४ मतदाता बढेका हुन् । सबैभन्दा बढी मतदाता सदरमुकाम वीरगञ्ज महानगरपालिकामा एक लाख २४ हजार ६४७ छन् । गत स्थानीय तहको चुनावभन्दा अहिले १५ हजार ८४६ मतदाता बढेका हुन् ।
सबैभन्दा कम मतदाता धोविनी गाउँपालिका छ । त्यहाँ केवल १२ हजार २३६ मतदाता छन् ।
यसैगरी तीन नगरपालिकामध्ये सबैभन्दा धेरै बहुदरमाई नगरपालिकामा २४ हजार ३१३, पर्सागढी नगरपालिकामा २२ हजार ८०७ र पोखरिया नगरपालिकामा १९ हजार ६६४ मतदाता छन् । गाउँपालिकामध्ये सबैभन्दा धेरै सखुवापर्सौनी गाउँपालिकामा १९ हजार ७६३, छिपहरमाई गाउँपालिकामा १५ हजार ६६४, जगरनाथपुर गाउँपालिकामा १८ हजार ६१, पकाहमैनपुर गाउँपालिकामा १२ हजार ३१४, विन्दवासिनी गाउँपालिकामा १४ हजार ८०४, कालिकामाई गाउँपालिकामा १२ हजार ९७५, जिराभवानी गाउँपालिकामा १३ हजार ९२९, ठोरी गाउँपालिकामा १४ हजार ७०८ र पटेर्वासुगौली गाउँपालिकामा १३ हजार ९२०मतदाता छन् ।
स्थानीय तहको चुनावका लागि जिल्लामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८ १५:४७