युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ ।पश्चिमा देशहरूले शुक्रबार राति संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा लगेको प्रस्तावको मस्यौदामाथि रुसले भिटो प्रयोग गरेको हाे ।
रुसले भिटो प्रयोग गरेसँगै अब सुरक्षा परिषद्मा उक्त प्रस्ताव माथि छलफल हुनेछैन । राष्ट्रसंघको पाँच स्थायी सदस्यले भिटो प्रयोग गर्न पाउने अधिकार छ । अमेरिका, रुस, चीन, बेलायत र फ्रान्स राष्ट्रसंघका स्थायी सदस्य हुन् ।
शुक्रबार राति नै सुरक्षा परिषद्का सदस्यहरूबीच प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो । मतदानमा चीन, भारत र युनाइटेड अरब इमिरेट्स (यूएई) अनुपस्थित रहेका थिए । बाँकी ११ देशले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
प्रस्तावमा सुरक्षा परिषद्को गैरजिम्मेवार सदस्यले छिमेकी युक्रेनमाथि आक्रमण गरेको, राष्ट्रसंघ र अन्तर्राष्ट्रिय प्रणाली बिगार्ने, शक्तिको दुरुपयोग गर्ने जस्ता आरोप रुसमाथि लगाइएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८ ०८:०२