प्रदेश १ मा थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २-२, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेह्रथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा बिहीबार ४२६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने दुई जनाको मृत्यु भएको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या ४ हजार ७०५ रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८ १७:५७