डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृत फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका– ७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।
भाटका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृत फेला परेका हुन् ।
मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरूको चिरफारको काम गर्दै आएका थिए । आफन्तहरू अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८ १४:५४