सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीसहित ३१ जनामा कोरोना संक्रमण देखिएपछि अदालतले सेवा कटौती गरेको छ ।
अदालतको मंगलबार बसेको फुल कोर्टको बैठकले ५ माघदेखि १८ फागुनसम्म बन्दी प्रत्यक्षीकरण, जीवन र जनस्वास्थ्य लगायतका मुद्दामा मात्र सुनुवाइ गर्ने निर्णय गरेको हो ।
अदालतकाअनुसार, अब सर्वोच्चमा मुद्दा फिर्ता, तामेली, मिलापत्र, बन्दी प्रत्यक्षीकरण, थुनुवा, हेर्दाहेर्दै र निर्णय सुनाउने मिति तोकिएका मुद्दामात्र हेरिनेछन् ।
सरकारले दर्ता गरेको तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुने अदालतले बताएको छ । उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरण कार्यालयले पनि आवश्यकता अनुसार सेवा कटौतीको निर्णय लिन सक्ने निर्णय बैठकले गरेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८ १५:४०