उदयपुरकाे को कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नम्बरको बोलेरो जिप सोमबार साँझ बिजुलेस्थित पाटाखोलाको गोलाइमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप दुर्घटनामा गम्भीर घाइते कटारी–८ बिजुलेका ३८ वर्षीय विक्रम मगरको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै अन्य घाइतेमा कटारी मरुवाका ५६ वर्षीया सेतीमाया श्रेष्ठ, ५२ वर्षका चन्द्र श्रेष्ठ, गीता श्रेष्ठ, पाँच वर्षीय बालक मनोज खड्का, कटारी पटना भञ्ज्याङका ३६ वर्षीया बुद्धिमाया श्रेष्ठ र ३५ वर्षीया बेदकुमारी श्रेष्ठ रहेकाे प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए ।
चालक सोही स्थान बस्ने ३८ वर्षीय प्रेमबहादुर श्रेष्ठ फरार छन् । घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८ ०६:५९