सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक युवा मजदुरको मृत्यु भएको छ ।
स १ त २७६ नम्बरको ट्याक्टर माटो लिन जाने क्रममा अनियन्त्रित भई हनुमानगर कङ्कालिनी नगरपालिका–६ स्थित कोशीको पश्चिमी नहरमा पल्टिँदा सोही ठाउँका २३ वर्षीय धिरज सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
ट्याक्टरका चालक खाना खाइरहेको बेला ट्याक्टर लिएर सदा माटो लिन गएका थिए । सोही क्रममा ट्याक्टर पल्टिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
पानीमा डुबेको शव प्रहरीले शनिबार बाहिर निकालेको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: शनिबार, माघ १, २०७८ १७:४३