काठमाडौं उपत्यकाको छुट्टाछुट्टै स्थानमा आज दुई व्यक्ति मृत फेला परेका छन् । एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा एक वृद्धा मृत भेटिएको जनाइएको छ । मृत्यु हुनेमा काठमाडौंको जडीबुटी बस्ने मकवानपुर हेटौँडा घर भएकी ८० वर्षीया उखुमाया गोले रहेकी छन् ।
उता ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक पुरुष आज मृत भेटिएका छन् । अन्दाजी ५०/५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८ २०:४३