नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले राष्ट्रिय मेलमिलाप दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।
तरुण दलका अध्यक्ष एवं कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गरी नेपाली कांग्रेस र सिंगो देशको राजनीतिक इतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन पुस १६ गते देशभर राष्ट्रिय मेलमिलाप दिवस मनाउने जनाइएको हो ।
‘राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै संगठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
नेपाल तरुण दलले आफूले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा गरेको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नसमेत आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८ १०:०६