अमेरिकाको कोलोराडो राज्यमा सोमबार भएको गोलीकाण्डमा संदिग्ध बन्दुकधारीसहित पाँच जनाको मृत्यु भएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन् ।
प्रहरीका अनुसार संदिग्ध व्यक्तिले डेनभर र लेकवुड, कोलोराडोका कम्तिमा सात विभिन्न स्थानहरूमा बन्दुक चलाएको थियो । डेनभरका प्रहरी प्रमुख पॉल पाजेनले पत्रकार सम्मेलनमा बताएअनुसार गोली हानाहान साँझ ५ बजेतिर सुरु भएको थियो ।
घटनामा दुई वयस्क महिलाको मृत्यु भएको छ भने एक वयस्क पुरुष घाइते भएका छन् । पहिलो गोलीबारी घटनाको केही समयपछि, १२औँ एभिन्यू र विलियामा एक वयस्क पुरुषलाई गोली हानी मारिएको थियो । डेनभर प्रहरीले शंकास्पद गाडी देखेपछि खोजी सुरु गरेको थियो ।
लेकवुड पुलिसका सार्वजनिक सूचना अधिकारी जोन रोमेरोले जनाएअनुसार लेकवुड पुलिस विभागका एजेन्टहरूले संदिग्धको कार डेनभरबाट भागेको केही समयपछि पहिचान गरेका थिए । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।
गोली प्रहारबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८ १९:२३