नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना (एमसीसी) का विषयमा सरकारको धारणा स्पष्टरूपमा आउनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानीका क्रममा ओलीले भने, 'एमसीसीका विषयमा व्यक्तिगतरूपमा कुरा गरेर हुँदैन, सरकारको धारणा के हो ? स्पष्ट हुनुपर्छ ।'
ओलीले निर्वाचन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै एमालेले निर्वाचनसम्म शक्ति सङ्घर्ष गरिरहने बताए । आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, पुस १०, २०७८ १५:३३