भएका जहाजको व्यवस्थापन गर्न नसकेको, सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्तासमेत तिर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि नयाँ जहाज किन्ने योजना अघि सारेको छ ।
नयाँ जहाज खरिदको कार्ययोजना बनाइरहेको निगमका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए । यसका लागि अर्थ मन्त्रालयसँग बजेट पनि माग गरिएको छ । जहाज किन्न अर्थ मन्त्रालयसँग १५ अर्ब रुपैयाँ रकम माग गरिएको अधिकारीले बताए ।
उनले केही दिनमै नयाँ जहाज खरिदबारे निर्णय गरिने पनि जानकारी दिए । अर्थ मन्त्रालयले भने यस्तो रकम दिने प्रतिबद्धता गरेको छैन । पर्यटनमन्त्री प्रेम आलेसमक्ष अर्थ मन्त्रालयसँग जहाजका लागि आवश्यक रकमको पहल गर्न आग्रह पनि गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ १७:४३