नेपालकाे सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेर ९३ हजार रुपैयाँ तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ, जसको मूल्य सोमबार प्रतितोला ९३ हजार ३०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यकाे तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८ १२:०२