नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको छैठौँ तलामा रहेको ‘फिटनेश एण्ड स्पा सेन्टर’मा आज भएको आगलागीका कारण ३ करोड ५० लाखभन्दा बढीको क्षति भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले इन्भर्टरबाट विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी आएको बताए । आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।
आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका पाँच दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८ १९:४२