अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ ।
अमेरिकाको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।
घाइते भएका मध्ये एक जनाको घटनास्थलमै मृत्यु भए पनि बाँकी तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरुको भनाइ छ ।
सबै घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना आइतबार राति भएको हो ।
भीडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरूले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २७, २०७८ १४:३६