पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गस्थित पोखरा महानगरपालिका–२६ विजयपुरमा लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु२ ख२९४८ नम्बरको ट्रक अनियन्त्रित भएर बिहान ४ : ३० बजेतिर पल्टिएको थियो ।
दुर्घटनामा परी घाइते भएका लमजुङ पार्चे बस्ने ४२ वर्षीय भीमबहादुर तामाङ र पहिचान नखुलेका अन्दाजी ४०/४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।
दुर्घटनामा घाइते भएपछि दुवै जनालाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकाेमा बिहान ५ : ५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले दुवै जना ट्रकका चालक र सहचालक हुनसक्ने जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८ १०:२६