नेपाली कांग्रेस उदयपुरमा भएको १४औँ महाधिवेशनको जिल्ला निर्वाचन र मतगणनापछि जिल्ला क्षेत्रीय सभापतिमा क्षेत्र नम्बर १ बाट खगेन्द्र राई र २ बाट रामकुमार राई विजयी भएका छन् ।
खगेन्द्र राई चौदण्डीगढी नगरपालिकाका मेयर पनि हुन् । उनी आफ्ना प्रतिद्वन्द्वी वसन्त बस्नेतलाई १० मतको अन्तरले पराजित गरी ३४४ मतसहित क्षेत्रीय सभातिमा विजयी भएका हुन् ।
यस्तै सचिवमा सुशील खत्री र सन्तोष कोइराला तथा सहसचिवमा ओमकार कटेल र बेचु चौधरी विजयी भएका छन् ।
यस्तै क्षेत्र नम्बर २ काे अध्यक्षमा रामकुमार राईले प्रतिद्वन्द्वी रामकुमार खत्रीलाई १५ मतको अन्तरले पराजित गरे । उनले ३१९ मत ल्याए ।
सचिवमा मोहनसिंह ठकुरी र हीराकुमार कार्की विजयी भए । सहसचिवमा कदमबहादुर कटवालले जितेका उदयपुर कांग्रेसका प्रवक्ता मदनराज कटुवालले जानकारी दिए ।
५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित
नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशनका लागि ५० केन्द्रीय प्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेस उदयपुरका अनुसार जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट २५ र क्षेत्र नम्बर २ बाट २५ सहित कूल ५० केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८ ०८:०३