कुनैकुनै सन्दर्भमा कोहीकोही मान्छेले भन्ने गर्छन्, ‘नाममा के राख्या छ, गुदी पो दामी हुनुपर्छ ।’ बलिउडका कतिपय चलचित्रका नाम हेरियो भने यही मान्यताबाट प्रभावित भएको पाइन्छ । तर, नामले विल्कुल फरक पार्छ भन्नेहरू पनि कमचाहिँ छैनन् । उनीहरूका अनुसार नामबाटै थाहा हुन्छ, खिचडी के छ ।
तर, नाममा के राख्या छ भन्नेहरूले केही फिल्मको नाम यस्तै राखेका छन्, जुन देखेर कतिपयलाई हाँस उठ्न सक्छ, कसैलाई रिस उठ्न सक्ला । अनि नाममा के राख्या छ भन्नेहरूलाई ठीकै लाग्न पनि सक्ला । आउनुहोस्, हाँसउठ्दो नाम भएका बलिउड चलचित्रबारे जानौँ ।
(नाेटः नाम हाँसउठ्दाे भए पनि कुनैकुनै चलचित्र कसैकाे जीवनकहानीमा आधारित छन् भने कुनै सामाजिक विषयवस्तुमा छन् । हेर्दा भावुक बनाउने खालका पनि छन् । तर, हामी यहाँ केवल नामकाे चर्चा गर्दैछाैँ ।)
१. मिस्टर १००% (कतिपयले व्यंग्य गरेका थिए, 'इरफान भाइ कमसेकम तपाईंबाट यस्तो अपेक्षा गरिएको थिएन ।')

२. ग्यारह हज़ार लड़कियां ( याे फिल्म सन् १९६२ मा बनेकाे थियाे, जुन बेलाका ठूलाबडा हाम्राे पुस्तालाई बिग्रेकाे भन्थे)

३. धोती लोटा और चोपाती (नामै काफी छ)

४. थोड़ा सा रूमानी हो जाए (राेमान्टिक हुन तयार हुनुहाेस्)

५. राजा रानी काे चाहिए पसिना (अ हाे, राजा र रानीकाे कस्ताे अचम्मकाे आवश्यकता)

६. उधारका सिन्धुर (अ हाे ! सिन्धुर पनि उधाराे ? 'दाे चुट्की सिन्धुरका किमत' याे फिल्म बनाउनेले नबुझेकाे हाे कि ! )

७. सस्ती दुल्हन महंगा दूल्हा (अरू त ठीक छ, बाथरूमकाे बाहिर कस्ताे खाले पाेज हाे याे ?)

८. मेरा पति सिर्फ मेरा है (मिलाएर बुझाैँ)

९. माैत का बुलावा (अनि सिनेमाघरमा किन जाउन् दर्शक !)

१०. मेहंदी बन गई खून (कस्ताे दुःखद्)

११. मूर्दे कि जान खतरे में (मुर्दाकै ज्यान खतरामा छ, ज्युँदाकाे के कुरा गर्नु, हाेइन ?)

१२. तू बाल ब्रह्मचारी,मै हुं कन्याकुमारी (अब के हाेला, आफैँ अनुमान लाउनुहोस्)

१३. कुकू माथुर की झंड हो गई (लाै याे त घरघरकै समस्या हाेला नि)

१४. जल बिन मछली नृत्य बिन बिजली (ल अब यिनलाई नाच्न नदिएर भो त, नत्र मर्ने रैछिन्)

१५. अँधेरी रात में दिया तेरे हाथ में (त्यसपछि त के चाहियाे ?)

१६. एक से मेरा क्या हाेगा (भाे त, अब यिनलाई METOO बाट कसले जोगाउने ?)

१७. अकेली मत जाइयाे (खतरा त ५८ वर्षअघि पनि उस्तै रैछ नि हगी ?)

यति मात्र हाेइन, अरू पनि थुप्रै हिन्दी फिल्म छन्, जसकाे नाम सुन्दा हाँसाे लाग्छ । तर, कथावस्तु चाहिँ गजबका छन् । जस्ताे कि, थोड़ा सा रूमानी हो जाए, उधारका सिन्धुरजस्ता फिल्म धेरै रूचाइएका थिए ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ १०:३५