हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरूलाई आज उद्धार गरी सिमकोट ल्याइएको हो ।
हिमपातले वडा नं ६ लिमीको तुम्लिङमा अलपत्रमा परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक हुन् भने तीन उनीहरूसँगै गएका नेपाली नागरिक ट्रेकिङगाडइ छन् । अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन् ।
हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङगाइडको एयर डाइनेष्टिक हेलिकप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ ।
सदरमुकाम सिमकोटबाट लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगाइड अशिम तामाङले जानकारी दिए । लिमीको हल्जीगाउँमा गएर टेलिफोन गरी हेलिकोप्टर बोलाएको उनले बताए ।
यस्तै उनीहरूसँगै तुम्लिङमा फसेका अन्य छ नेपाली नागरिक आजबाट मौसम सफा रहेकाले पैदलमार्ग भएर खच्चडबाट सिमकोट पुग्ने भएको तामाङले जानकारी दिए ।
आइतरबार रातिदेखिको अविरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरू तुम्लिङमा फसेका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८ १३:२४