सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।
पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए ।
बस्नेतले शिलापत्रसित भने, 'पत्रकारितालाई मर्यादित बनाउन, आचारसंहिता कार्यान्वयनमा उत्पन्न भइरहेका समस्या समाधान गर्न, पत्रकारलाई अभिमुखीकरण गराउने काममा मेरो योगदान हुनेछ ।'
प्रकाशित मिति: बिहीबार, जेठ २०, २०७८ २२:५४