सप्तरीका थप एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । संक्रमणपछि उपचारको लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना भएका राजविराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो ।
कोरोनाको दोस्रो लहर सुरु भएपछि सप्तरीमा ७६ जना सक्रिय संक्रमित छन् । दोस्रो लहरमा दुई जनासहित सप्तरीमा हालसम्म कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
सप्तरीमा हालसम्म १ हजार ९०६ जना संक्रमित भएका छन् भने १ हजार ७८२ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८ १९:३१