नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ ।
मतगणना जारी रहँदा अधिकांश जिल्लामा विपुल नेतृत्वको समूहले अग्रता लिएको छ । कपिलवस्तु, अर्घाखाँची, गुल्मी, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट, कास्की, चितवनलगायतका जिल्लामा विपुल नेतृत्वको प्यानलले अग्रता लिएको छ भने पाल्पा, ओखलढुंगालगायत केही जिल्लामा मात्रै निर्मला शर्मा नेतृत्वको प्यानल अगाडि छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशका जिल्लामा पनि विपुल नेतृत्वको प्यानलले अग्रता लिइरहेको छ । प्रदेश १ को धनकुटामा अध्यक्षका उम्मेदवार पोखरेलले ८३ मत पाउँदा उनका प्रतिस्पर्धी निर्मलाले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत पाएका छन् ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत पाएका छन् भने महासचिवमा पोखरेल प्यानलकै रोशन पुरीले ७६ र शर्मा प्यानलमा बाककृष्ण बस्नेतले ३३ मत पाएका छन् ।
यसैगरी, उदयपुरमा पोखरेलले ४४ मत पाउँदा शर्माको ३८ मत आएको छ । वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका विष्टको ५६ र शर्मा प्यानलका माधवको २२ मत आएको छ । महासचिवमा पनि पोखरेल प्यानलकै पुरी अगाडि छन् । उनले ४८ मत पाउँदा बस्नेतले ३५ मत पाएका छन् ।
कास्कीमा पनि विपुल प्यानलले नै अग्रता लिएको छ । कास्कीमा पोखरेलले ८१ मत प्राप्त गर्दा निर्मलाले ६३ मत पाएकी छिन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलकै रमेश विष्टले ९० मत पाउँदा शर्मा प्यानलका माधवले ४९ मत पाएका छन् । महासचिवमा पोखरेल प्यानलका पुरीले ७७ मत पाउँदा शर्मा प्यानलका बालकृष्णले ५० मत पाएका छन् ।
प्युठानमा पनि विपुल प्यानलले नै अग्रता लिएको छ । पोखरेलले ८४ मत पाउँदा शर्माले ४२ मत पाएकी छिन् । पोखरेल प्यानलका विष्टले ८१ मत पाउँदा शर्मा प्यानलका नेपालले ४४ मत पाएका छन् । पोखरेल प्यानलका महासचिव पुरीले ८१ मत पाउँदा शर्मा प्यानलका बालकृष्णले ४३ मत पाएका छन् ।
चितवनमा पनि पोखरेल प्यानल नै अगाडि रहेको छ । पोखरेलले १३९ मत प्राप्त गर्दा शर्माले ११३ मत पाएकी छिन् ।
रोल्पामा विपुललाई ४६ मत प्राप्त हुँदा शर्माले २८ मत पाएकी छिन् । यसैगरी, गुल्मीमा पोखरेलले ३९ मत प्राप्त गर्दा शर्माले १९ मत पाएकी छिन् ।
यस्तै, पाल्पामा पोखरेललाई ४१ र शर्मालाई ४७ मत आएको छ भने सोलुखम्बुमा पोखरेलले ३२ मत पाउँदा शर्माले २५ मत पाएकी छिन् ।
ओखलढुंगामा पोखरेलले १८ र शर्माले २५ मत पाएकी छन् । यसैगरी, भोजुपुरमा पोखरेलले १९ र शर्माले २० मत पाएकी छिन् ।
यसैगरी, भोजुपुरमा पोखरेलले १९ र शर्माले २० मत पाएकी छिन् । दार्चुलामा भने शर्माले अग्रता लिएकी छिन् । शर्माले ६६ मत प्राप्त गर्दा पोखरेलले २४ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलका माधवले ६६ मत पाउँदा पोखरेल प्यानलका विष्टले २४ मत पाएका छन् । महासचिवमा बालकृष्णले ६५ मत पाउँदा पोखरेल प्यानलका पुरीले २५ मत पाएका छन् ।
यसैगरी, डोटीमा पोखरेलले ६७ पाउँदा शर्माले १६ मत पाएकी छिन् । वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका विष्टले ६२ मत पाउँदा शर्मा प्यानलका माधवले १० मत पाएका छन् । महासचिवमा पुरीले ६४ मत पाउँदा शर्मा प्यानलका बालकृष्णले १३ मत पाएका छन् ।
बझाङमा पनि पोखरेल प्यानलको अग्रता छ । पोखरेलले ५१ प्राप्त गर्दा शर्माले १३ मत पाएकी छिन् । वरिष्ठ उपाध्यक्षमा विष्टले ५४ प्राप्त गर्दा शर्मा प्यानदका माधवले ९ मत पाएका छन् । महासचिवमा पुरीले ५१ मत शर्मा प्यानलका बालकृष्णले ११ मत पाएका छन् ।
डडेल्धुरा पोखरेलले ६४ मत पाउँदा शर्माले २३ मत पाएकी छिन् । वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका विष्टले ६१ मत पाउँदा शर्मा प्यानलका माधवले २२ मत पाए । महासचिवमा पुरीले ५५ मत पाउँदा शर्मा प्यानलका बालकृष्णले २७ मत पाएका छन् ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७ ११:४९