नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १६ चैतमा पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बनको कारबाही गरे । पार्टीविरोधी गतिविधि नसच्चिएको र स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले नेता नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरे ।
तर, ओलीले काटेको पत्रमा भने मिति फरक देखिएको छ । उनले नेपाल र भीम रावललाई पठाएको पत्रको मिति १६ चैत २०७७ हुनुपर्नेमा १६ फागुन २०७७ लेखिकएको छ । यसले ओलीले नेता नेपाल र रावललाई १ महिनाअघि नै कारबाही गरेको देखाउँछ ।
हेर्नुहोस् पत्रको मिति :
दुवै नेतालाई पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको ओलीले पत्रमार्फत जानकारी गराएका थिए । नेपाल र रावललाई स्पष्टीकरण सोध्दा त्रुटी स्वीकार नगरेको, आत्मसमीक्षा नगरेको र आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको भन्दै निलम्बन गरिएको ओलीले पठाएको पत्रमा उल्लेख छ ।
अध्यक्ष ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने र पार्टीको कुभलो चिताउनेहरूसँग निरन्तर बैठक भेटघाट गर्नुलाई गम्भीर आपत्ति जनाएका छन् ।
पत्रको पूर्णपाठ :
प्रकाशित मिति: सोमबार, चैत १६, २०७७ २१:५६