काठमाडाैंको सिंहदरबारमा रहेको तथ्यांकीय ब्याकअप (डाटा सेन्टर) मकवानपुरको हेटौंडाबाट सुरु भएको छ ।
कोरियाली सरकारको सहयोगमा ३७ करोडको लगानीमा तय भएको डाटा सेन्टर ३१ वैशाखमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गरे ।
काठमाडौंको सिंहदरबारमा रहेको केन्द्रीय डाटा सेन्टरको ब्याकअपका रूपमा हेटौंडाको हुप्रचौरमा डाटा सेन्टर निर्माण भएको हो । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को ३७ करोड रुपैया“ लागतमा ठेक्कामार्फत सेन्टर निर्माणको काम सकिएको हो ।
सरकारी तथा निजी क्षेत्रका महत्त्वपूर्ण सूचनाको सुरक्षा र तिनीहरूको व्यावसायिक वितरणमा सेन्टरले सहयोग गर्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक सुनिल पौडेलले बताए ।
सिंहदरबारको डाटा सेन्टरको डाटा कुनै प्रकोपको कारण नष्ट भएमा त्यसको ब्याकअपका रुपमा सुरक्षित गर्न यो डाटा सेन्टर निर्माण गरिएको हो ।
हेटौंडाको हुप्रचौरस्थित पहिलेको नगर विकास समितिको १० कट्ठा जग्गामा डाटा सेन्टर निर्माण भएको हो । सेन्टर निर्माणका लागि नेपाल आदर्श कम्पनीलाई जिम्मा दिइएको थियो । काम सुरु गरेको १८ महिनामा भवन निर्माण सम्पन्न भएको हो ।
डाटा सेन्टरको भवन निर्माण निर्धारित समयमै सकिएको कम्पनीका इन्जिनियर कृष्णगोविन्द खामलीले बताए । हेटौंडामा निर्माण भएको डाटा सेन्टरले सरकारी तथा गैरसरकारी सूचनाको संग्रहालयको रूपमा काम गर्ने गरी कोरियाली सहयोग नियोगस“ग अर्थ मन्त्रालयले सम्झौता गरेको थियो ।
तीन वर्षअघि नै प्रारम्भिक सम्झौता भए पनि कोइकाको नेतृत्व परिवर्तनले अन्तिम सम्झौतामा केही ढिला भएको हो । कोइकाले नै सबै निर्माण पूरा गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
सेन्टरको सम्पूर्ण संरचना निर्माणमा करिब ३७ करोड रुपैया“ लागेको हो । २० करोड रुपैयाँमा भवन निर्माणमा र बा“की प्राविधिक पूर्वाधारका लागि लगानी गर्ने सम्झौता भएको थियो । त्यसबेला नेपालका तर्फबाट केन्द्रका कार्यकारी निर्देशक अनुप बाँस्कोटा र दातृ निकाय कोइकाका प्रमुख योङ आ गोले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा इन्जिनियरका लागि तालिम व्यवस्था गरिने, संरचना निर्माणका लागि नेपाल सरकारले जग्गा उपलब्ध गराउने तथा जनशक्ति र कार्यालय राख्ने व्यवस्था मिलाउनेलगायत छ ।
सिंहदरबारस्थित डाटा सेन्टरको ब्याकअप नहु“दा राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गतको सरकारी एकीकृत डाटा केन्द्र प्रभावकारी ढंगले सञ्चालनमा आउन नसकेको प्राविधिकले बताएका छन् ।
डाटा सेन्टरमा राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, ई–प्रोक्युरमेन्ट, विद्युतीय हस्ताक्षर, ई–कस्टमलगायत ई–सेवा सञ्चालन गरिनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६ २३:२०