प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दाको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गरेका छन् ।
बिहीबार प्रधानमन्त्री ओली आफैँ अदालतमा उपस्थित भएर अवहेलना मुद्दामा ११ बुँदे लिखित जवाफ पेस गरेका हुन् । लिखित जवाफमा प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको मानमर्दन हुने गतिविधि आफूले नगरेको दाबी गरेका छन् ।
आफ्नो अभिव्यक्ति अदालतलाई दबाब पुग्ने वा धम्की दिने खालको नभएको प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले भनेका छन्,‘केही व्यक्तिहरूले सार्वजनिक रुपमा अभिव्यक्ति दिएजस्तो यो यस्तो हुनुपर्छ नभए आन्दोलन गर्छु जस्ता दबाबमुलक र निन्दनीय शब्द प्रयोग गरिएको छैन । स्वतन्त्र न्यापालिकाको विश्वासले मलाई त्यसो गर्न दिँदैन ।’
आफूले धम्कीपूर्ण भाषा प्रयोग नगरेको र आदार्थी शब्द प्रयोग गरेकाले अदालतको अवहेलना भएको भन्ने दाबी अनुचित रहेको प्रधानमन्त्री ओलीको ठहर छ । प्रधानमन्त्री ओलीले अदालतको अवहेलनासम्बन्धी रिट खारेजभागी भएको पनि दाबी गरेका छन् ।
रिट निवेदकले हुँदै नभएको कुरा उल्लेख गर्दै अदालतलाई भ्रमित गर्ने किसिमले मुद्दा दर्ता गरेको उनको दाबी छ । अदालतप्रति आफ्नो उच्च सम्मान रहेको प्रधानमन्त्रीले जवाफमा उल्लेख गरेका छन् ।
हेर्नुस् जवाफको पूर्णपाठ :



प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७ १२:२२