प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ । प्रधानन्यायाधीश नेतृत्वको इजलासकाे सुरुमा रिट निवेदकतर्फका वरिष्ठ अधिवक्ता सन्तोष भण्डारी बहसमा छन् ।
बहसका क्रममा उनले प्रधानमन्त्रीले संसद नभई संविधान विघटन गरेकाे तर्क गरेका छन् । 'संविधान मार्न खोजिएको छ', उनले भने, 'संसदै फेस नगरी, संसद्को सहमतिबेगर संसद्लाई झुक्याएर विघटन गरिएकाे छ ।'
वरिष्ठ अधिवक्ता भण्डारीकाे यस्ताे तर्क सुनेपछि इजलासका न्याायधीश अनिलकुमार सिन्हाले उनलाई सुझाएका छन्, 'तपाईंले बोलेका कुरा लेखमा लेख्दा उचित होला । अहिले बहसको दायरा भनेकाे विघटन संवैधानिक हो कि होइन भन्नेमा केन्द्रित हुनुपर्छ । त्यसमा आधारित भएर बोल्नुहोस् । बहसको क्वालिटी पनि बढ्छ, हाम्राे समय पनि जोगिन्छ ।'
बहसका क्रममा भण्डारीले संसद विघटनकाे सिफारिसमा राष्ट्रपतिबाट हतार भएकाे भन्दै आश्चर्यता समेत प्रकट गरेका थिए । 'राष्ट्रपति कार्यालयमा ८० सांसदले समवेदन दिँदा राष्ट्रपति कार्यालयका काेही सम्पर्कमा आएनन् । कतिले त फाेन नै स्वीच अफ गरे । तर, विघटनको सिफारिस १५ मिनेटमै पास गरियाे । याे भेदभावपूर्ण व्यवहार भएन र ?', भण्डारी प्रश्न गरेका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७ १२:१७