प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामा सुनुवाइका क्रममा संवैधानिक इजलासमा रहेकी न्यायाधीश सपना प्रधान मल्लले प्रधानमन्त्री केपी ओलीलाई भेटेको कुरा उठेकाे छ । वरिष्ठ अधिवक्ता शशी श्रेष्ठले यस विषयमा इजलासकाे ध्यानाकर्षण गराएपछि प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले अधिवक्ता श्रेष्ठलाई बस्ने भनेका छन् ।
'तपाईं बस्नाेस्', उनले राेक्दै भने, 'म याे कुरा सुन्दिनँ ।' त्यसपछि अदालत परिसरमा सुनिइरहेकाे माइक अफ गरियाे ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७ १६:०३