प्रसूति गराउने क्रममा हेलचेक्राइ गरेको भन्दै कीर्तिपुर अस्पतालमा पीडितपक्षले तोडेफड गरिएको छ । काठमाडौं दहचोककी स्थानीय महिलालाई सुत्केरी व्यथा लागेर प्रसूति गराउनका लागि अस्पतालामा ल्याइएकोमा चिकित्सकको लापरबाहीले गर्भवती महिलाकै पेटमा बच्चा मृत्यु भएको भन्दै स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।
तोडफोडमा संलग रहेको भन्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेर कालिमाटी लिएको छ । केहीलाई कीर्तिपुरमा नै राखिएको बताइएको छ ।
महिलालाई अस्पताल पुर्याएपछि शल्यक्रिया गर्नका लागि परिवारले आग्रह गरे पनि अवस्थामा सामान्य भएको भन्दै चिकित्सकले शल्यक्रिया गर्न नमानेको पीडितपक्षको आरोप छ । तर, पछि ढिला गरी शल्यक्रिया गर्दा शिशुको मृत्यु भइसकेको भेटिएको महिलाका आफन्त आक्रोशित बनेका हुन् ।
आमाको पनि अवस्था जोखिमपूर्ण रहेपछि अस्पतालमा केही बेर भनाभन भएको प्रहरी प्रशासन आएर धरपकड गर्न थालेको भन्दै आफन्तहरूले अस्पतालमा ढुंगा हानेको पीडित महिलाका आफन्तको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७ १५:३४